Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बेहुली फ्रम मेघौली’को गीत सेयर गर्दा दीपकलाई दर्शकको गाली

काठमाडौं : अभिनेता दीपकराज गिरीले शनिबार बेलुकातिर एउटा गीतको युट्युब लिंक आफ्नो फेसबुकमा सेयर गरे। उक्त गीत थियो ‘बिहे गर्ने कि नगर्ने?’। यो गीत सिनेमा ‘बेहुली फ्रम मेघौली’को हो।

निर्माण टिमले शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरेको थियो। कुशल पोख्रेलको आवाज रहेको गीतमा स्वस्तिमा खड्का, साम्राज्ञी आरएल शाह, प्रदीप खड्का, दीपाश्री निरौला लगायतका स्टार कलाकारहरुले अभिनय गरेका छन्। दीपकले यही गीतलाई बधाई दिँदै फेसबुकमा सेयर गरेका थिए।

जब दीपकले उक्त गीत सेयर गरे तब उनलाई दर्शकले गाली गर्न थाले। देशभर बाढी पहिरो आइरहेको समयमा खुशी हुँदै गीत सेयर गरेको भन्दै दर्शकले गाली गरेका हुन्। दीपकले सेयर गरेको लिंकको कमेन्ट मुनि हेर्ने हो भने अधिकांश दर्शकले गाली गरेको देख्न सकिन्छ।

शनिबार बिहानैदेखि देशभर भारी वर्षा भइरहेको छ। विभिन्न ठाउँमा बाढी आएर जनमानसमा असर पुर्‍याएका खबरहरु सामाजिक संजालमा आइरहेका थिए। ठिक त्यही समयमा दीपकले गीतको लिंक सेयर गर्न पुगे। अनि दर्शकले चाहिँ यस्तो विषम परिस्थितिमा मानवीय संवेदना नभएको भन्दै गाली गरेका हुन्।

उसो त दीपकलाई गालीले खासै असर गर्दैन। किनकी अधिकांश पोस्टमा उनले गाली खाइरहेका हुन्छन्। गाली र दीपक एक अर्काका प्रायबाची हुन् भन्दापनि खासै फरक पर्दैन।