Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मायाको घर’ : बाबा र छोरीको कथा

काठमाडौं : गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ । ‘मायाको घर’ एउटा सुमधुर गीत हो, जसमा समावेश बाबा र छोरीको कथाले दर्शकको मन छुन्छ। 

गीतको भिडियोलाई स्वीकृति सापकोटाले निर्देशन गरेकी छन् । यसमा गायक ढकाल र पाँच वर्षीय कलाकार आर्या भानीले अभिनय गरेका छन् । भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिकामा अभिनय गरेका छन् भने भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन रहेको छ ।