Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दर्शकको तीव्र प्रतीक्षामा ‘सतीदेवी’

काठमाडौं : लक्ष्मण सुवेदीको लेखन, निर्देशन र निर्माणमा बनेको सिनेमा हो ‘सतीदेवी’। फर्स्टलुक पोस्टरदेखि नै सिनेमाको चर्चा भईरहेको छ। टिजर र गीतले पनि सिनेमाको चर्चा ह्वात्तै बढेको छ।

सिनेमाको आगामी साउन ४ गतेदेखि प्रदर्शन मिति तय भएको थियो। तर प्रदर्शन मिति नजिकिँदै गर्दा सिनेमाको नयाँ प्रदर्शन मिति तय भएको छ। सिनेमा अब भदौ ७ गतेदेखि प्रदर्शन हुनेछ।

सिनेमामा मलिका महत मुख्य भुमिकामा रहेकी छिन्। टिजरबाट मलिकालाई अभिनयको तारिफ मिलिरहेको छ। उसो त टिजर मात्रै नभएर गीतले पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ। सिनेमामा छोरीको कथालाई उठान गरिएको छ। छोराको आसमा धेरै छोरी भएपछि एक श्रीमानले आफ्नी श्रीमतीलाई कस्तो भेदभाव लगायत हिंसा गर्छ भन्ने कुरालाई चलचित्रमा देखाइएको छ।

सिनेमालाई लिएर मलिका निकै उत्साहित छिन्। म्युजिक भिडियोमा सफल मानिएकी मलिकाले सिनेमामा भने खासै सफलता हात पार्न सकेकी छैनन्। तर ‘सतीदेवी’ भने मलिकाको टर्निङ पोइन्ट सिनेमा हुने अपेक्षा गरिएको छ।

यता दर्शकहरुले पनि सिनेमालाई कुरेर बसेका छन्। टिजरमा समाबेश केही संवादहरु यतिबेला टिकटकमा निकै रुचाइएका छन्। त्यसैले पनि ‘सतीदेवी’ दर्शकहरुको लागि प्रतीक्षाको सिनेमा बनेको छ।