Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘ह्रस्व दीर्घ’ : गजनीका प्रदीपको भूमिका निताको पिता

काठमाडौं : यतिबेला गजनीका बलिउड सिनेमा ‘गजनी’का भिलेन प्रदीप रावत नेपालमा छन्। उनी नायिका निता ढुंगानाको सिनेमा ‘ह्रस्व दीर्घ’को छायांकनको लागि सोमबार नेपाल आएका हुन्।

उनलाई नेपालमा भव्य तरिकाले स्वागत गरिएको थियो। उनको साथमा अर्को दक्षिण भारतीय सिनेमा ‘पुष्पा’का भिलेन सुनिल वर्मा पनि ‘ह्रस्व दीर्घ’कै लागि नेपाल आएका छन्।

गजनीका भिलेन नेपाल आएसँगै उनको भुमिकाको खुलासा भएको छ। उनले नायिका निता ढुंगानाका पिताको भुमिका निर्वाह गर्न लागेको बताइएको छ। नेपाली मिडियासँग कुराकानी गर्दै उनले आफ्नो भुमिकाको बारेमा खुलासा गरेका हुन्।

यसअघि भोजपुरी सिनेमा ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको अनुभव समेत प्रदीपले सुनाए। उनी निकै सरल रुपमा मिडियाको सामु प्रस्तुत समेत भए। उनको व्यक्तित्व साँच्चिकै लोभलाग्दो छ। जम्बो अब्बल कलाकारहरुको अभिनय रहने ‘ह्रस्व दीर्घ’ आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।