Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अनुको माया पृथ्वीलाई आहा भो !

काठमाडौं : आगामी साउन ११ गतेबाट रिलिज हुने सिनेमा ‘ईश्वर’को गीत ‘आहा भो ! आहा भो !’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा सिनेमाका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा सिनेमाका केही दृश्यहरुलाई पनि स्थान दिइएको छ ।

राजु गिरी निर्देशित सिनेमामा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा हरिबहादुर थापाको निर्माण छ । सिनेमामा भोजराज देवकोटाको पटकथा तथा संवाद छ भने लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।

सिनेमामा अर्जुन पोखरेल, संगीत, कविराज गहतराज, कोरियोग्राफी रहेको छ । सिनेमामा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको वितरणको आरआर फिल्मसले गर्दैछ ।