Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

युकेमा रिलिज भयो सिनेमा ‘पुजार सार्की’

काठमाडौं : गत जेठ १० गते बाट रिलिज भई पाँचौँ हप्तामा प्रदर्शन भइरहेको सिनेमा ‘पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ । जुन २१ शुक्रवार रिलिज भएको यो सिनेमा युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो ।

युकेका सहरहरू बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दम लगायतका ओडियन र सिनेवर्ल्ड हलमा दैनिक रूपमा ‘पुजार सार्की’ हेर्न सकिन्छ । यसरी बक्स अफिसमा नै संसारभरका सिनेमासँगै युकेमा नेपाली सिना रिलिज कमै हुने गरेका छन् ।

त्यस्तै, संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूमा यो सिनेमा बक्सअफिसमा नै रिलिज भइरहेको छ भने अन्य मुलुकहरूमा पनि प्रदर्शन भइरहेको छ । यसको अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ ।

दिनेश राउत निर्देशित सिनेमा विकास सुवेदीको लेखेका हुन् भने आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ ।