Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ : दया र मिरुनाको छल्किएको प्रेम

काठमाडौं : यही असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को पहिलो गीत ‘बिन्जुरी’ सार्वजनिक भएको छ । प्रेमिल भावको गीतमा सिनेमाका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको मायाप्रेम दर्शाइएको छ।

मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित सिनेमामा एसडी योगीको संगीत,राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर सुन्न सकिन्छ ।

अनिल बुढामगरको निर्देशन रहेको सिनेमामा दयाहाङ र मिरुनासहित शिशिर बाङ्देल, भोलाराज सापकोटा, बुद्धि तामाङ, पुष्कर गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतले अभिनय गरेका छन्।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन पूर्वी रुकुम आसपासमा गरिएको हो। जनक घर्ती मगर निर्माता रहेको यस सिनेमाको कथा निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।