Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘नेपाल आइडल सिजन ५’को उपाधि बर्दियाका करण परियारलाई

काठमाडौं : गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ राजधानीमा भएको ग्राण्ड फिनालेमा पोखराकी सलोमी गुरूङ फस्ट रनरअप भइन् भने दार्जिलिङका सचिन विश्वकर्मा सेकेण्ड रनरअप घोषित भएका छन् ।

परियारलाई नगद २५ लाख र ट्रफीसहित धेरै उपहारहरू प्रदान गरिएको छ । फस्ट रनरअप सलोमी गुरुङले १० लाख नगद र ट्रफी, सेकेण्ड रनरअप विश्वकर्माले ५ लाख नगदसहित ट्रफी उपहारहरु जित्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडल एपीवान टेलिभिजनले पाँचौं संस्करणको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए भने देशभरको सहभागी मध्येबाट करण विजेता बनेका हुन् । उक्त रियालिटी सो गत फागुन २४ देखि प्रसारण सुरु भएको थियो ।