Sur Cinema

रेखा र पूजा मिलेर ‘काली २’ बनाउने

काठमाडौं : करिब १० वर्षअधि प्रदर्शनमा आएको सिनेमा ‘काली’को सिक्वेल बन्नेभएको छ। हल भिजिटको क्रममा शनिबार ‘दान्भी’ अभिनित नायिका पूजा शर्माले ‘काली २’ बनाउन लागेको घोषणा गरेकी हुन्।

हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको ‘दान्भी’लाई दर्शकले ठिकठिकै साथ दिएका छन्। आफ्नो सिनेमा हेर्न आउने दर्शकहरुलाई भेट्न हलहरुमा पुगेकी पूजाले मिडियाकर्मीहरुसँग कुराकानी गर्दै रेखा र आफू मिलेर ‘काली २’ बनाउने खुलासा गरेकी हुन्।

यद्यपि रेखाले भने यस् विषयमा केही बताएकी छैनन्। ‘काली’लाई रेखाले नै निर्माण गरेकी थिइन्। जुन सिनेमाको निर्देशन सविर श्रेष्ठले गरेका थिए। त्योबेला यो सिनेमालाई दर्शकले औधी रुचाएका थिए। सिनेमामा रेखाको एक्सन रहेको थियो।