Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दान्भी’को अग्रिम टिकट बुकिङ खुल्ला, पायो उत्साहजनक सो

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ। बुधबारदेखि मल्टिप्लेक्स हलहरूले सिनेमाको अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।

क्युएफएक्सनले पहिलो दिनका लागि यो सिनेमालाई काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ।आईएनआई १२, वान सिनेमाज ७, साथै एफक्युब, बिएसआर, रन्जनालगायतका मल्टिप्लेक्स हलहरुमा पनि सिनेमाले उत्साहजनक शो पाएको छ।

उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो सिनेमा रिलिज हुँदैछ ।

रूपेश तामाङको निर्देशनमा बनेको ‘सिनेमा’ मा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्। सिनेमामा पूजाको अलावा किरण श्रेष्ठ, कुन्साङ बोमजन, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ । सिनेमामा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । सिनेमामा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

सिनेमामा सन्जोग कुँवर राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । सिनेमालाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।