Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

यसराजलाई बाजा बजाउन प्रस्ताव राख्दै सरिता

काठमाडौं : सन्चारकर्मी तथा गायिका सरिता भारतीको स्वर रहेको गीत ‘बजाईदेऊ न बाजा’ सार्वजनिक भएको छ । डब्बु क्षेत्रीले लेखेको यो गीतमा संगीतकार शम्भुजीत बासकोटाले संगीत भरेका छन् । उक्त गीतमा युवा युवतीको प्रेम सम्बन्धलाई दर्साईएको छ ।

सर्लाहीको पर्यटकीय क्षेत्र भरतताल, नुनथर लगायतको ठाउँमा छायाँकन गरिएको गीतको भिडियोमा गायिका आफै अभिनयमा उत्रिएकी छन् भने उनलाई अभिनयमा यसराज गराजले साथ दिएका छन् ।

जुगल डंगोलको संगीत संयोजन रहेको गीतलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतमा कृष्ण रसालको कोरियोग्राफी, प्रविण सुवेदीको छायाँकन, जीवन घिमिरेको ड्रोन, बीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन तथा रंग संयोजन, शर्मिला बुढाथोकीको श्रृंगार रहेको छ ।