Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘हतारले’ सिनेमा ‘लण्डन टु पेरिस’

काठमाडौं : प्रदर्शनरत सिनेमा ‘लण्डन टु पेरिस’को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ । मंगलबार युट्युवमा रिलिज गीतमा सिनेमाका मुख्य चार कलाकारहरु निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा फिचर्ड छन् ।

सिनेमाको सार्वजनिक गीतमा सलिन मगरको शब्द, संगीत र स्वर रहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाले दर्शकबाट राम्रो वर्डअफ माउथ पाएको छ । विशेषगरी डेव्यु अभिनेता निश्चल र साम्राज्ञीको केमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । साथै कथावस्तुलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

घनश्याम लामिछाने निर्देशित सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।