Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मादक पदार्थ बेच्नेले एम्बासडर बनाएनन् : सन्तोष पन्त

काठमाडौं : कलाकार सन्तोष पन्त भन्ना साथ एक विषय जोडिएर आउँछ । उनले गर्ने मादक पदार्थ सेवन, अझ कमेडी रियालिटी शो कमेडी च्याम्पियनको जज बनेपछि त हरेक जसो एपिसोडमा उनको त्यही लतको बारे चर्चा गर्ने गरिन्छ ।

अहिले आएर त उनलाई मापसे अर्थात मादक पदार्थ सेवनको एम्बासडर नै भन्दै मजाक गर्ने गरेको पाईन्छ । यस बारेमा एक टेलिभिजनको अन्तर्वार्तामा सन्तोषले भनेका छन् ,”मादक पदार्थ बेच्नेले एम्बासडर बनाए पो सित्तैमा खान पाइन्थ्यो । उनीहरुले नबनाएपछि अरुले बनाएर के काम ? त्यता चाही ऋषि धमलालाई एम्बासडर बनाउने होलान ।” हुन पनि हो हरेक जसो च्याम्पियनका प्रतिस्पर्धिले उनले खाने गरेको मादक पदार्थ माथि नै मजाक गर्ने गर्छन् ।

हुन त सन्तोषको धारणा भिन्न छ । उनको कमजोरी नै यही मात्र हो पनि भन्नू हुन्छ । त्यो पनि उनी स्वयमले भनेको भनेर बाहिर आएको उनको तर्क छ । उनलाई अब त यति मात्रै मन छ कि कमेडियनले उनी माथि गर्ने गरेको यहि विषयको मजाकले दर्शक दिक्क बन्नेछन र भन्नेछन अब त बन्द गर । यो बाहेक अरु केही विषय पाएनौ मजाक गर्न ?

बढ्दो उमेरमा पनि उनको सक्रियता देखि हास्यब्याङ्यको क्षेत्रमा उनको योगदान अतुलनिय छ । यस बारे समेत कमेडियनले कन्टेन बनाउदा ध्यान दिन सके राम्रो हुने थियो कि !