काठमाडौं : पछिल्लो समय नेपालमा फेशन शो र र्याम्प मोडलका कार्यक्रम निक्कै हुने गर्दछन् । यस्तै म्युजिक भिडियोहरू पनि निरन्तर रूपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरू यो क्षेत्रमा आफ्नो भविष्य खोज्दै आएको पाइन्छ । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा जम्ने सिमित हुन्छन् । यही क्षेत्रमा आफूलाई स्थापित गर्नेतर्फ आफ्ना पाइला निरन्तर बढाईरहेका छन् उज्ज्वल सिवाकोटी ।
कला क्षेत्रमा सानैदेखि रुचि भएको सिवाकोटी स्कुल कलेजका विभिन्न कार्यक्रममा भाग लिदै यो क्षेत्रमा होमिएका छन् । झापा स्थाई घर भएको सिवाकोटीले आफूलाई र्याम्प मोडलिङमा आफूलाई प्रस्तुत गर्दै आएका थिए । विभिन्न फेशन शोमा उत्कृष्टता प्रदर्शन गरेका सिवाकोटीले म्युजिक भिडियो र विज्ञापनमा पनि अभिनय गरिसकेका छन् ।
केही सिनेमा र म्युजिक भिडियोमा अभिनयका लागि कुरा भइरहेको बताउदै उनी भन्छन् , ‘अब सिनेमा र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’ मोडलका लागि पैसा र एक्सपोज दुवै परिपूरक भएको बताउदै आफू यही क्षेत्रमा केही उल्लेख काम गर्दै आफ्नो कलामार्फत छुट्टै पहिचान स्थापित गर्न चाहान्छु ।















