Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

छायांकनमा ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौं : सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ । सिनेमा ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । सिनेमाको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए ।

कलाकारहरूको लाइनअप बलियो रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, सिनेमामा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यस्तै यो सिनेमाको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।

सरोज पौडेल लेखन तथा निर्देशन रहेको सिनेमा सोसल–ड्रामा जनरामा गन्धर्व परिवारको कथामा आधारित रहनेछ । यस सिनेमालाई अन्तर्राष्ट्रिय रुपमा सिनेमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।

सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ भने प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ । विनोद पौडेल र प्याट्रिक सुवेदी सिनेमाको लगानीकर्ता हुन् भने सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।