Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सतीदेवी’ टिजर : छोराको आशामा बसेको एक पिता र छोरीहरूको भोगाईको पीडा

काठमाडौं : श्रावण ४ गतेबाट रिलिज हुने सिनेमा ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । लक्ष्मण सुवेदीको लेखन तथा निर्देशन रहेको सिनेमाको शीर्ष भूमिकामा नायिका मलिका महत्तले काम गरेकी छिन् । दिलासा क्रियशनको ब्यानरमा निर्माण भएको यो सिनेमाको सार्वजनिक टिजरमा छोरीको महत्वलाई दर्साइएको छ । 

श्रीदेवी सुवेदी र विशाल सुवेदीको लगानी रहेको सिनेमाको टिजरमा छोराको आशामा बसेको एक पिता र छोरीहरूले भोगेको पीडालाई देखाइएको छ । सिनेमामा मलिका महत, हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी लगायतका कलाकारको अभिनय छ । 

बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।