Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सौन्दर्य कलामा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै झापाकी चन्द्रकला

काठमाडौं : सौन्दर्य कलामा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ झापाकी चन्द्रकला भेटवालले । आफ्नो सीप क्षमताको कदर गर्दै कडा मिहिनेत र लगनशीलताका साथ लगातार रूपमा मेकअप आर्ट अर्थात सौन्दर्य कलाक्षेत्रप्रति समर्पित उहाँ यस क्षेत्रमा आफूलाई अग्रपंतिमा उभ्याउन सफल छिन् । सानैदेखि सिर्जनशील तथा कलात्मक कार्य गर्न रुचाउने चन्द्रकला पछि यही क्षेत्रलाई व्यवसायका रूपमा अङ्गालेका हुन् ।

चन्द्रकलाले सिनेक्षेत्रका चर्चित कलाकारहरु स्वस्तीमा खड्का, दीपाश्री निरौला, आर्यन सिग्देललगायतलाई सिंगारी सकेकी छिन् । विभिन्न ब्युटिप्याजेन्टमा पनि आफूलाई प्रस्तुत गर्दै आएकी उनि पछिल्लो समय ब्युटिपार्लरहरूले समाजमा प्रत्यक्ष प्रभाव पारेको बताउछिन् । यसै क्षेत्रमा लागेर महिलाहरूले आफूलाई सक्षम उद्यमशील बन्ने अवशर प्राप्त गरेको उनको बुझाइ छ ।

स्वाभिमानका साथ थोरै लगानी अनि जुनसुकै ठाउँमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा मानसम्मान पनि त्यतिकै छ । पछिल्लो समय सरकार तथा विभिन्न संस्थाले ब्युटिपार्लरहरूद्वारा गरिएको तालिमद्वारा महिलालाई प्रोत्साहन गरी स्वावलम्बी तथा आत्मनिर्भर बनाउन ठूलो सहयोग पुर्‍याएको छ’, चन्द्रकला भन्छिन् ।

ब्युटिसीयन क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र रहेको बताउनुहुने उहाँ शरीरको हरेक अंगलाई कसरी आकर्षक र शुरक्षा राख्ने भन्ने कुराको ज्ञान र सेवा दुवै ब्युटिपार्लरले दिइराखेको सुनाउनुहुन्छ । एउटा ब्युटिसीयनले हरेक व्यक्तिलाई राम्रो अथवा सुन्दर बन्नमात्र नभएर स्किन, हेयर, नेल केयरलगायत पूरा शरीरकै ‘टेक केयर’ गर्ने कुरालाई ध्यान पुर्‍याएको उनी बताउछिन् ।

चन्द्रकलाले यस क्षेत्रअन्तर्गत विभिन्न मेकअप, स्किन, हेयर, नेलर, र विशेष गरेर ब्राइडल मेकअपलाई निरन्तरता दिँदै ठूलो पर्दादेखि सानो पर्दासम्म र टेली सिरीयल, भिडियोहरू साथै विभिन्न संघसंस्था र विशिष्ठ व्यक्तिसँग काम गरेकी छिन् । यो क्षेत्रमा पुर्‍याएको योगदान स्वरूप उनले मानसम्मान तथा पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।