Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘लण्डन टु पेरिस’को डान्सिङ नम्बरको गीत ‘सुवी डु’ सार्वजनिक

काठमाडौं : सिनेमा ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ । शुक्रबार रिलिज गरिएको यो डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन् । सार्वजनिक गीतले सिनेमामा तीन जोडीको प्रेमकथा बुनिएको बुझ्न सकिन्छ । यो गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ । सार्वजनिक गीतलाई अस्कर विजेता कोरियोग्राफर लंगनेस फर्नान्डेजको कोरियोग्राफी गरेका हुन् ।

सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । घनश्याम लामिछानेको निर्देशन रहेको सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।