Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

चित्लाङबाट ‘ज्वाइँ साब’को छायांकन सुरु

काठमाडौं : वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको सिनेमा ‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको छ । यो सिनेमाको आज बिहान मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पुजा गर्दै छायांकन प्रारम्भ गरिएको हो । एक महिनासम्म यो सिनेमालाई विभिन्न फरक लोकेशनमा खिचिनेछ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो सिनेमालाई चित्लाङमा २० दिन खिचिनेछ भने सौराहा र इलाममा पनि सिनेमा खिच्ने तयारी गरिएको छ ।

सिनेमाका मुख्य कलाकारहरु जीतु नेपाल, नीति शाह लगायतले भैरव मन्दिरमा पुजा गरे । सिनेमामा जीतु नेपाल शिर्ष भूमिकामा देखिदैछन् । जीतु र नीतिका अलवा सिनेमामा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

यो सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहनेछ । रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा यो सिनेमा निर्माण हुन लागेको हो । सिनेमाका प्रस्तुतकर्ता राज कुमार पण्डित हुन् । सिनेमामा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

सिनेमालाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । सामाजिक कथालाई कमेडी शैलीमा सिनेमामा भन्न लागिएको उनले जानकारी दिए । यो सिनेमालाई यो वर्षको तिहारमा रिलिज गर्ने तयारी समेत गरिएको छ ।