Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

समकालीन कलाकारको सिनेमा चल्दा दङ्ग वर्षा

काठमाडौं : नायिका वर्षा सिवाकोटी नेपाली सिनेमा हेर्न दर्शक हल सम्म पुगेकोमा खुसी देखिएकी छन् । केही समय अघि केकी अधिकारीको सिनेमा ‘बोक्सीको घर’ र हाल दुई सिनेमा ‘फर्की फर्की’ तथा ‘पूजार सार्की’ले दर्शकलाई हल सम्म तान्न सफल भएका छन् । यो सफलताले वर्षालाई खुसी मिलेको रहेछ ।

आफ्नो सिनेमा जस्तो भए पनि अरुको सिनेमा चल्नै हुदैन झै गरी डाह गर्ने सिनेकर्मी माझ वर्षाले आफ्ना समकक्षी सिनेकर्मीको सिनेमाको सफलतालाई खुसी साट्ने विषय बनाएकी छन् ।

सामाजिक सन्जालमा सिनेमाको नाम नै उल्लेख नगरी उनी लेख्छिन,”“दर्शकको प्रेम नै कलाकारको सबैभन्दा ठूलो सम्पत्ति हो। कुनैबेला कोरोनाले थलिएको नेपाली सिने क्षेत्र पछिल्लो समय जुर्मुराएको सुन्दा खुशीको सिमा छैन् । म स्वयम् कलाकारका हिसाबले चलचित्र उत्सव–महोत्सवहरुमा सहभागी हुने मौका कमै पाएको छु तर केही समययता सिनेमा हलमा दर्शकहरुको ओइरो देख्दा म ‘मेरै सिनेमा चले जसरी’ पुलकित भएको छु । सिनेमा हलहरुमा फर्किएको यो बहार, उत्साह, उमंगलाई हामीले आज उत्सवका रुपमा मनाएर मात्रै हुँदैन, भविष्य सम्म जोगाइरहन सक्नुपर्छ । ‘राम्रो सिनेमा दियौं भने त्यसको स्वाद चाख्ने दर्शक त रहेछन् त,’ सिनेमा हलहरुमा देखिएको हाउसफुल दृश्यहरुले फेरि यो तर्कलाई प्रमाणित गरिदिएको छ । अब समग्र सिने क्षेत्र यसलाई मनन् गर्दै अघि बढ्नुपर्छ “