Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पुजार सार्की’को सुखद् सुरुवात सङ्गै हलमा देखियो स्टार कास्टको क्रेज

काठमाडौं : बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘पुजार सार्की’ले बिहानी शोबाट नै सुखद् सुरुवात गरेको छ । साथै सिनेमालाई दर्शकको राम्रो वर्डअफ माउथ मिलेको छ । जसले आगामी दिनमा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ ।

सिनेमाका मुख्य कलाकारहरु बिहानी शोबाट नै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । सिनेमा नेपाली समाज अनुसार नै निर्माण गरेको भन्दै दर्शकले निर्देशक दिनेश राउतको तारिफ गरेका छन् भने कलाकारहरुको पनि खुलेर नै प्रसंशा गरेका छन् ।

यस्तै, ‘रावायण’ सिनेमाको छायांकनमा रहेका पल शाह पनि आफ्नो छायांकनदेखि समय मिलाएर काठमाडौँ आएर दर्शक भेटिरहेका छन् । आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परिक्षा लिम्बु, तारा शर्मा लगायतका कलाकारहरु बिहानै देखि हल हलमा पुगेर दर्शक साक्षत्कार गरिरहेका थिए ।

सिनेमालाई दिनेश राउतले निर्देशन गरेका छन् भने उक्त सिनेमालाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो सिनेमाको कथा बिकास सुबेदीले लेखेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। सिनेमाको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।