Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

एक्जिटो एक्सिलेन्स अवार्डबाट बिना श्रेष्ठ सम्मानित

काठमाडौं : एक्जिटो इभेन्ट्सले आयोजना गरेको एक्जिटो एक्सिलेन्स अवार्डबाट सन्चारकर्मी बिना श्रेस्ठलाई सम्मान गरेको छ । विगत दुई दशक भन्दा लामो समय देखि सन्चार क्षेत्रमा योगदान पुर्याएको भन्दै श्रेष्ठलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले उनलाई सम्मान गरेकी हुन् । कार्यक्रममा पाइलट तथा कलाकार विजय लामा, नायिका स्वस्तिमा खड्का, गायिका रचना रिमाल, गायक तथा संगीतकार टंक बुढाथोकी लगायतलाई सम्मान गरिएको थियो ।

सन्चारकर्मी विना विगत दुई दशक देखि सन्चार क्षेत्रमा आबद्ध छिन् । हाल प्राईम टेलिभिजनमा उनी प्रमुख कार्यकारी निर्माता पदमा रहेर कार्यरत छिन् भने बिनाले समय समयमा म्युजिक भिडियो समेत निर्देशन गर्दै आएकी छन् ।