Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नयाँपनका गीतहरु कोर्न माहिर संगमको ‘आखुम आखुम’ सार्वजनिक

काठमाडौं : दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा प्रतिभावान गायक संगम लिम्बू तथा आशा लाग्दो गायीका कौशिला लिम्बूको आवाजमा सजिएको रोमान्सले भरिएको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ ।

नयाँ क्रिएशन र नयाँपनका गीतहरु कोर्न माहिर संगम लिम्बूकै शव्द तथा चर्चीत संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गीतको म्युजिक भिडियो संगम लिम्बू अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुमन तामाङको छायांकन तथा ड्रोनमा कृष्ण सुबेदीको मेकअप, गोपाल दर्जीको सहायक छायांकन, निश्चल कुलुङ राईको आर्ट र अनिल रानाको सम्पादन रहेको भिडियोमा बिमला खजुम लिम्बू र आशिस लिम्बूको अभिनय रहेको छ । सविन लिम्बूको संगीत संयोजनमा अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन भएको गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।