Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘रावायण’मा धमाधम जोडिदै विभिन्न ब्रान्डका कम्पनी : सम्झौता गर्दै पूजा

काठमाडौं : सिनेमा ‘रावायण’को छायांकन नसकिदै विभिन्न ब्रान्ड सिनेमासँग जोडिन सुरु भएको छ । सिनेमाको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्रान्ड सिनेमासँग जोडिन चाहिरहेका छन् । यही क्रममा केही समय अघि यति एयरलाइन्सलाई एयरलाइन्स पार्टनरका रुपमा सिनेमामा जोडेको ‘रावायण’ टिमले मोटर कम्पनी ओमोडासँग पनि सहकार्य गरेको छ । हालैमात्र कम्पनीका प्रतिनिधिसँग निर्माता तथा नायिका पूजा शर्माले सहकार्यको सम्झौता गरेकी छन् ।

हाल छायांकनरत सिनेमामा पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारको अभिनय छ । सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, समीर मियाँको भीएफएक्स, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व छ ।

सिनेमाको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने सिनेमाका निर्माता सुदर्शन थापा र पूजा शर्मा हुन् । सिनेमा यसै वर्षको भदौ २१ गते तिजको दिन रिलिज हुँदैछ । सिनेमा वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । सिनाको डिजिटल पार्टनर ओएसआर डिजीटल हो ।