Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ : कलाकारहरूको लाइनअप तयार हुने क्रम जारी

काठमाडौं : अन्तर्राष्ट्रिय रुपमा सिनेमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप तयार हुने क्रम जारी छ ।

सिनेमाका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुबन्धित भइसकेका छन् भने उहाँहरु पछि निर्माण टिमले थप तीन जना कलाकारहरू अनुबन्धित गराएको छ । कलाकार देशभक्त खनाल, भोला राज सापकोटा र विनोद न्यौपानेलाई अनुबन्धित गराएको छ ।

सोसल–ड्रामामा बन्ने सिनेमाका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । पौडेलले सिनेमामा मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बताएको छ । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको सिनेमाको लागि केहि कलाकारहरू फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन् ।

सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् भने महेश दवाडीको पटकथा तथा संवाद रहने सिनेमामा प्रशान्त सिवाकोटीको संगीत रहने छ । निर्माण टिमले सिनेमालाई वि.स.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।