Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘घरज्वाइँ’ टिजर : दया र मिरुनाको नोकझोक

काठमाडौं : अनिल बुढा मगरको निर्देशन तथा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा मगर संस्कार र संस्कृतिलाई दर्शकहरुले नजिकबाट नियाल्ने अवसर निर्माण टिमले दिएको छ ।

जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा जनक घर्ती मगरले निर्माण गरेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । सिनेमाको कथा, निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

सिनेमामा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् । सिनेमाको गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको बिदेश प्रदर्शन अधिकार लिएको छ भने सिनेमा असार २८ गते बाट प्रदर्शनमा हुँदैछ ।