Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

५१ औँ दिनमा ‘महाजात्रा’

काठमाडौं : प्रदीप भट्टराईको लेखन, निर्देशनमा तथा षट्कोण आर्ट्सबाट तयार भएको सिनेमा ‘महाजात्रा’ले प्रदर्शनको ५१औं दिन पार गरेको छ ।

अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली सिनेमा बनेको ‘महाजात्रा’ले शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गरेको हो ।

गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरू गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा पार गर्नु सम्पूर्ण सिनेमा उद्योगकै लागि खुसीको कुरा हो ।

सिनेमामा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का र काईरा कार्की लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका सिनेमाका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।