Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सन्तान सुख भोग्नबाट बञ्चित दधिरामको ‘तान्छो’सँगको निकटता

काठमाडौं : शुक्रबारबाट रिलिज भएको सिनेमा ‘मनसरा’को नयाँ गीत रिलिज गरिएको छ । सिनेमाले आइतबार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । गीतको भिडियोमा सिनेमामा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राईमाथि फिल्माइएको छ ।

करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको छ । गीतले यिनै भावहरुलाई पस्किएको छ। सिनेमामा नेनाहाङ अभिनेत्री मिरुना मगरका छोरा बनेका छन् ।

हाल प्रदर्शनरत यो सिनेमाले दर्शकसँगै समीक्षकहरुबाट पनि तारिफ बटुलिरहेको छ । उपेन्द्र सुब्बा निर्देशित सिनेमामा प्रविण, मिरुनाका अलावा मेनुका प्रधान तथा दयाहाङ राईको प्रमुख भूमिका रहेको छ ।