Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नबिन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक

काठमाडौं : सिनेमा ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ को टिजर सार्वजनिक भएको छ । संसारका ठूला फिल्म फेस्टिभलको चक्र पुरा गरेपछि नवीन सुब्बा निर्देशित सिनेमा अब हलमा प्रदर्शन हुनै लाग्दा निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । सिनेमा आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउदैछ ।

दयाहाङ राई, प्रसन राई र पशुपति राईको शीर्ष भूमिका रहेको सिनेमा टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो । त्यसपछि दक्षिण कोरियाको बुसान, भारतको मुम्बई फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भैसकेको छ ।

सिनेमाले आमाबाबु र सन्तानबिचको सम्बन्ध चित्रण गर्छ । साथै अवसर र आधुनिकताले कसरी परिवारका सदस्यबीचको सम्बन्धलाई असर पार्छ भन्ने चित्रण गर्छ । सिनेमाले गाउमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको यो सिनेमा भोजपुर, संखुवासभा र धरानमा छायांकन गरिएको हो ।

सिनेमाको निर्माता नवीन सुब्बा र आमोद राई छन् । महेश राई र निर्देशक सुब्बाले पटकथा लेखेका हुन् । सिनेमामा अमेरिकी सिनेम्याटोग्राफर जोस हेरमको छायांकन, क्वान पंग लिउङको सम्पादन, हेइदी लीको संगीत छ । सिनेमा निर्माता कम्पनी बाँसुरी फिल्म्सले हल प्रदर्शनका लागि मेन्छयम पिक्चर्ससँग सहकार्य गरेको छ ।