Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

समीरको डेब्यु ‘१२ गाउँ’ कि सेनको ‘बलिदान’ !

काठमाडौं : सिने क्षेत्रमा नयाँ एक्सन हिरोको आगमन हुन लागेको खुब चर्चा छ । ती सिनेमा नै नखेली हल्लाको भरमा चर्चा कमाउने व्यक्ति हुन् समीर भट्ट । अर्थात, अभिनेता तथा निर्देशक बिराज भट्टका छोरा । केहि महिना अघि बिराजले आफ्नो छोरा समिरलाई आफ्नै निर्देशनमा बन्न लागेको सिनेमा ‘१२ गाउँ’मा डेब्यु गराउन लागेको हल्ला चलाए ।

उनको हल्ला सेलाउन नपाउदै यता अर्का निर्माता तथा निर्देशक सन्तोष सेनको सिनेमा ‘बलिदान’बाट पनि डेब्यु गराउन लागेको हल्ला चल्यो र आउदो दशैंमा रिलिज गरिने कुरा पनि बाहिर आयो । तर, बुझिए अनुसार ‘१२ गाउँ’ टिमले यतिखेर समीरलाई लिएर सुटिङ सुरु गरिसक्यो भने ‘बलिदान’मा केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ। 

समिरले भारतमा एक्सन सिकेको र नेपाली सिनेमा क्षेत्रमा तहल्का पिट्ने अनुमान पनि केही सिनेकर्मीहरुले गरिरहेका छन् । तर, के कति गर्छन् सिनेमा बनेपछि भने थाहा होला । तर, अहिले नै भन्न सक्ने अवस्था भने छैन् । अहिले उनीहरु समिरलाई चर्चामा ल्याउन हो या साँच्चिकै सिनेमामा एक्सन स्टार जन्माउन लागेका हुन् त्यो उनीहरूले नै जानुन् ।

अब यता चर्चा गराैँ । समिरलाई सिनेमामा डेब्यु नै गराउने भए भुवन केसीले अनमोललाई र झरना थापाले सुहानालाई डेब्यु गराए झै बिराजले आफ्नै सिनेमामा अभिनय गराउँछन् होला नि हैन र ?  खैर, जे होस् जुन सिनेमामा जसले डेब्यु गराए नि सिनेमा चाहिँ बवाल हुनुपर्यो । हैन, बिराज र सन्तोष जी !