Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘फर्की फर्की’को गीत ‘अन्तिम माया’ : अनमोल र जसिताको प्रेम र बिछोडको कथा

काठमाडौं : आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फर्की फर्की’ को दोस्रो गीत ‘अन्तिम माया’ रिलिज भएको छ । सिनेमाका दुई मुख्य पात्रको विछोडको मनोविज्ञान गीतमा समावेश गरिएको बुझ्न सकिन्छ । उक्त भिडियोमा अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन् भने गीत गायक नेरेन लिम्बुको रि-एरेञ्ज हो साथै गीतमा लिम्बुकै कम्पोज, लेखन र स्वर समावेश छ ।

टाइम ट्राभल लभस्टोरीमा निर्माण भएको सिनेमाको कथा निर्देशक सुयोग गुरुङले लेखेका हुन् । सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल उपाध्याय, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत विशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।