Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रदिप खड्का र ‘जवान’ अभिनेता सांगे एउटै सिनेमामा

काठमाडौं : भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले सिनेमा ‘ऐरी’मा काम गर्ने पक्का भएको छ । सांगे र यो सिनेमाका निर्देशक जीवन थापाबिच बुधबार कागजी संझौता भएको छ । सिनेमाका लागि संझौता गर्न सांगे मंगलबार नेपाल आएका थिए ।

नायक प्रदिप खड्काको मुख्य भूमिका रहने यो सिनेमामा सांगेको भूमिका के हुने हो भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन् । तर, यो सिनेमामा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन् । साथै, उनले सिनेमाका निर्देशक जीवन थापा र नायक प्रदिप खड्का प्रतिभाशाली भएकाले पनि काम गर्न उत्साहित भएको तर्क गरे ।

यो सिनेमाको हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको छ । यो सिनेमालाई नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । सिनेमामा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ । सिनेमाको छायांकन केही महिनापछि सुरु हुनेछ । निर्माणपक्षले अब कलाकारहरुलाई अनुवन्धित गर्ने कामलाई अगाडि बढाएको बताए ।

यो सिनेमाका लागि नायक प्रदिप खड्काले निकै मिहिनेत पनि गरिरहेका छन् । सिनेमा ‘जवान’मा काम गरेपछि सांगेको चर्चा नेपाली दर्शकमाझ पनि निकै छ । यसैले, नेपाली सिनेमामा उनको प्रवेशले नेपालीसँगै भारतीय दर्शकलाई पनि उत्साहित बनाउने पक्का छ ।