Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्राविधिकलाई सम्मान गर्दै सिनेकर्मीको प्रसंसा संगै सम्पन्न भयो ‘मनसरा’ प्रिमियर

काठमाडौं : सिनेमा ‘मनसरा’को प्रिमियर अन्य सिनेमाको भन्दा भिन्न तरिकाले गरिएको छ । भिन्न यश अर्थमा कि सिनेमाको प्रिमियरमा कलाकर्मीको उपस्थिती मात्रै थिएन त्यहा लामो समय यता सिने जगतमा काम गर्दै आएका प्राविधिक लाई सम्मान समेत गतिएको थियो । प्रिमियर भनेपछी लाईमलाइटको चमकधमक त थियो नै । तर, त्यतिमै मात्रै मेकर रोकिएका थिएनन् । जुन अन्य मेकरले समेत अनुसरण गर्ने विषय बनेको थियो ।

वैशाख २१ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मनसरा’को बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा ५० हजार नगदसहित सिनेमामा प्राविधिकको रुपमा ४ दशक यता निरन्तर काम गरिरहेका महेन्द्र लामा र ३ दशक देखि निरन्तर काम गरिरहेका भरत दराईलाई सम्मान गरिएको थियो । सिनेमालाई टिमवर्कको रुपमा हेर्दै ‘मनसरा’ मेकरले सिनेमाको महत्वपुर्ण मेरुदण्ड मान्दै लामा र दराईलाई सम्मान गरेको हो ।

सिनेमा हेर्न हलमा निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि विप्लप प्रतिक, गायक तथा संगीतकार कालि प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, परिक्षा लिम्बु, पोयट आइडलका निर्देशक अमन प्रताप अधिकारी लगायतका थुप्रै सेलिब्रेटीहरु लविम मल पुगेका थिए ।

सिनेमाको प्रिमियरमा उपस्थित अधिकाशं कलाकर्मीले निर्देशक उपेन्द्र सुब्बासँगै अभिनेता प्रवीन खतिवडाको अभिनयको तारिफ गरेका छन् । यो सिनेमा पश्चात प्रवीन खतिवडाको करियरले फड्को मार्ने विश्लेषण धेरैको थियो । यता अभिनेत्री मिरुना मगर, मेनुका प्रधान र सिनेमामा तान्छोको रुपमा काम गरेका बालकलाकारको अभिनयलाई पनि प्रशंसा मिलेको थियो । अभिनेता दयाहाङ राईलाई सिनेमामा आवश्यता अनुसार नै ठाउँ दिएको प्रतिक्रिया धेरैको थियो । सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

सिनेमामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन सिनेमामा रहेकोछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् । यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ । सिनेमामा क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।