Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

केकिलाई पनि सिक्वेलको भूत

काठमाडौं : केही वर्ष यता सिने क्षेत्रमा चलेका सिनेमाको सिक्वेल बनाउने चलन हाबी छ । विकास राज आचार्य, दीपक राज गिरि, प्रदिप भट्टराई लगायतले आफ्नो चलेको सिनेमाको सिक्वेल बनाई रहेका छन् । नाम चलेका र नचलेका सिनेमाका निर्माताले पनि उनिहरुलाई पछ्याईराखेका देख्न सकिन्छ ।

उनीहरुको सिको गर्दै नायिका तथा निर्मात्री केकि अधिकारीले पनि बोक्सीको घर’को सिक्वेलको घोषणा गरेकी छन् । बिहिवार काठमाडौंमा एक कार्यक्रम गर्दै प्रदर्शनरत सिनेमाको एक साताको कलेक्सन ६ करोड भएको दाबी गर्दै दोस्रो भागको घोषणा गरेकी हुन् । यसअघि केकिले निर्माण गरेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’ व्यवसायिक रुपमा असफल भएको थियो ।

लेखक तथा निर्देशक सुलक्षण भारतीले सिनेमाको सिक्वेल बन्ने तर अलिक समय लाग्ने जानकारी दिए । उनका अनुसार एउटा सिनेमाको सुटिङ सकेपछि सिक्वेलको काम हुनेछ । सिनेमाको वितरक अशोक शर्माले सिनेमाले एक सातामा ६ करोड भन्दा माथिको व्यापार भएको र उनले अझ व्यापार बढ्ने दाबी गरे ।