Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मजदुर दिवसको अवसरमा ‘लेबर’को टिजर रिलिज

काठमाडौं : पुर्णेन्दु के झा निर्देशित सिनेमा ‘लेबर’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीको सिडिसी हलमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले १ मिनेट ५९ सेकेन्डको टिजर रिलिज गरिएको हो।

मजदुर दिवसको अवसर मैथिली भाषामा सिनेमाको निर्माण घोषणासँगै रिलिज गरिएको टिजरमा मजदुरकै कथा देखाइएको छ। टिजर निकै सशक्त छ। उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारी लगायतका कलाकारहरुलाई टिजरमा देख्न सकिन्छ।

रोजगारको लागि विदेशिन बाध्य नेपाली र सरकारबीचको कथामा निर्माण हुने सिनेमामा पूर्णेन्दु के झा र नरेश मिश्राको कथा रहेको छ। सिनेमालाई आलोक शुक्लाले खिचेका हुन्। सिनेमाको पोस्टर डिजाइन आनन्द के महर्जनले गरेका हुन्। रोयक भिमसेन र टिम ट्राइडेन्टले सिनेमाको अफिसियल प्रमोसन गर्नेछ।

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा राकेश यादव, जयनाथ अधिकारी, उत्पल झा, राम भजन कामत लगायतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमामा निमेष श्रेष्ठको सम्पादन रहनेछ।

सिनेमा २०२४ को डिसेम्बरमा रिलिज हुने बताइएको छ। पुर्णेन्द्र के झा सिनेमाका निर्माता हुन् । त्यस्तै सह-निर्मातामा सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर रहेका छन्। नेपाली र मैथिली दुबै भाषामा सिनेमा रिलिज हुनेछ।