Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भाइचारा या डर : पुर्ववत् मिति बाट पछि सर्यो ‘दान्भी’

काठमाडौं : सिने जगतमा युवा पुस्ताले मेकरलाई महत्त्व कम दिए भन्ने आरोप छ । तर, पछिल्लो समय नायक नायिका स्वयम् नै निर्माता बन्ने क्रम बड्दै गर्दा भने उनीहरुले मेकरका पीडा पनि बुझ्न थालेका छन् । आफ्नो त अभिनय गर्ने काम हो भन्दै सिनेमाले गरेको व्यवसायको प्रश्नमा तर्किने धेरै कलाकार सेयरमा काम गर्न थालेका छन् । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।

नायिका तथा निर्माता पूजा शर्मा माथी पनि आफ्ना सिनेमालाई ध्यान दिने तर अन्य निर्माताको सिनेमामा चासो नदेखाउने आरोप थियो । तर, यो आरोपलाई खण्डन गर्ने काम उनले गरेकी छन् । उनले निर्माताको पीडा बुझ्न सक्ने भन्दै आफ्नो आगामी सिनेमा ‘दान्भी’ सरेको जानकारी दिएकी हुन् । जेष्ठ १० गते अन्य दुई सिनेमा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ पनि आउने भएको हुदा सिनेमा सारिएको हो । अब सिनेमा केही हप्ता पछि सरेर असार ७ बाट हलमा लाग्ने पक्का भएको छ । पूजाको जन्मदिनको अवसरमा सिनेमाको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।

रुपेश तामाङको निर्देशनमा तयार भएको सिनेमामा पूजाको जोडी डेब्यु नायक कुन्साङ बम्जनसँग बाँधिएको छ । त्यस्तै, किरण श्रेष्ठको पनि सिनेमामा अभिनय छ । देव मगर र अनुप गडाल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता पवन राना मगर हुन् ।

सिनेमामा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्माताको रुपमा रहेका छन् । ‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत रहेको छ ।