Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘आँखा’ फर्स्ट लुक सङ्गै प्रदर्शन मिति घोषणा

काठमाडौं : सामाजिक विषयवस्तुमा निर्माण भएको सिनेमा ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर लामा सिनेमा प्रा.लि.ले शुक्रबार सिनेमाको फर्स्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ । सिनेमा आगामी असार १४ बाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।

 जोन योन्जनको निर्देशनमा तयार भएको सिनेमाको सार्वजनिक पोस्टरमा प्रायः सबैजसो प्रमुख कलाकारहरू लाई स्थान दिईएको छ । ‘आँखा’भित्र कलाकारहरूलाई प्रस्तुत गरिएको छ भने त्यसको बीचमा सुर्यमुखी फूललाई समेत जोडिएको छ । अर्को थीम पोस्टरमा पनि फोहोरको थुप्रोमाथी सुर्यमुखी अंकित हुँदा त्यसले सिनेमाको कथामा भिन्न संकेत गरेको अनुमान लगाउन सकिन्छ ।

सिनेमाको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भिमसेनले तयार पारेका हुन् । वितरण कम्पनिसँगको सल्लाहमा सिनेमाको प्रदर्शनलाई असार दोस्रो साता रोजेको उनले बताए । आरआर फिल्मस्’ले यो सिनेमाको प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको सिनेमामा स्मिता लामिछाने,आरके मेहता, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।

स्मिता लामिछाने निर्माता रहँदा कृष्ण भण्डारी र निर्देशक योन्जनले सिनेमाको सम्पादन गरेका छन् । आलोक शुक्लाको छायांकन रहेको सिनेमामा संगीत दिपक आरजेको छ भने द्वन्द्व निर्देशकमा रेवन्त विक्रम थापा छन् । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो सिनेमा तयार भएको हो ।