Sur Cinema

झरनालाई ‘छेउमा नआउ कान्छी तिमी’ भन्दै पुष्प

काठमाडौं : गायिका अन्जु पन्त र किरण भुजेलको युगल स्वर रहेको ‘छेउमा नआउ कान्छी तिमी’ बोलको गीत रिलिज भएको छ । रमेश एम के पौडेलको शब्द तथा शान भुषालको संगीतमा तयार भएको यो गीत ‘डान्स बिट’मा रहेको छ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्कालाई मोडल झरना रिसालसँग रोमान्टिक अन्दाजमा नाच्दै गरेको देख्न सकिन्छ । आर्यन फिल्मस्को व्यानरमा निर्माण भएको भिडियोका निर्देशक विश्वजंग माझी हुन् । गीतमा ईश्वरलाल सिन्केमानाको छायाँकन रहेको छ।