Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘ज्वाइँ साब’को वर्कशप सुरु

काठमाडौं : रेड आई फिल्म्सको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्म्सको सहकार्य रहेको सिनेमा ‘ज्वाइँ साब’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा सिनेमाको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए ।

राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो सिनेमाको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ । काठमाडौं बाहिरका विभिन्न लोकेशनमा यो सिनेमा खिचिने निर्माताले बताएका छन् भने सिनेमाको वर्कशपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सन विक्रम राई, हिमेश पन्त लगायत छन् ।

मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । सविन अधिकारीको कथा रहेको सिनेमामा शंकर धितालको पटकथा तथा संवाद छ । सिनेमाको शिर्ष भूमिकामा जितु नेपाल देखिदैछन् । यो सिनेमाको प्रदर्शन मिति तिहारमा पक्का गरिएको छ ।