Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्धित

काठमाडौं : सिनेमा ‘परदेशी २’बाट सिने क्षेत्रमा पाइला राखेका गायक तथा कलाकार प्रकाश सपुत ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । निर्माणपक्षले सपुतसँग संझौता गरेको जानकारी दिएको छ । सपुतको भूमिकाको बारेमा अहिलेसम्म केही पनि खुलाइएको छैन् । 

निर्माणपक्षले केही दिन अगाडि मात्र सिनेमाको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । जेठको दोस्रो साताबाट छायांकनमा जाने यो सिनेमाको लेखन तथा निर्देशन सरोज पौडेल हुन् । यो सिनेमालाई सामाजिक कथामा निर्माण गरिनेछ ।

सेभेन सिजको प्रस्तुतिमा तयार हुन लागेको यो सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ । सिनेमामा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन् । 

यो सिनेमामा कलाकार विजय बराल पनि अनुबन्धित भइसकेका छन् । विजय र प्रकाशलाई राखेर निर्माणपक्षले एक गहन विषयलाई उठान गर्न लागेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । यो सिनेमाको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ ।