Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

ट्रेलरको सकारात्मक प्रतिक्रियापछि विदेशमा धमाधम विक्री हुँदै ‘फर्की फर्की’

काठमाडौं : ट्रेलर सार्वजनिक भएपछि एकाएक चर्चामा रहेको सिनेमा ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । सिनेमाका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट सिनेमाको उच्च माग छ ।यो सिनेमालाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा सिनेमाको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ ।

यस्तै, नेपाली सिनेमाका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले सिनेमा वितरणको जिम्मा लिएको छ । हङकङमा भने सिनेमालाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ । यी बाहेक अन्य देशमा पनि सिनेमाको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा यो सिनेमा रिलिज हुनेछ । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।