Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘घरज्वाइँ’ पोस्टर : प्रेमिल दया र मिरुना

काठमाडौं : अनिल बुढा मगरको निर्देशन रहेको सिनेमा ‘घरज्वाइँ’को दुई अफिसियल पोस्टर सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमार्फत पोस्टर शेयर गर्दै असार २८ गते रिलिज हुने यो सिनेमा मगर समुदायको सामाजिक दृष्टिकोण जोगाई रहेका ‘भान्ज’हरूलाई समर्पित गरेको जनाएका छन् ।

एक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर बोरा बोकिरहेका छन् भने अर्को पोस्टर परम्परागत रूपमा तयार पारिएको छ । पोस्टरमा दया र मिरूनालाई प्रमुख पात्र बनाउँदै अन्य सबै कलाकारहरूलाई स्थान दिइएको छ ।

सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवादमा भने उनले बिनोद खतिवडा र सुभाष कोइरालाको साथ पाएका छन् । जिएम मुभीजको ब्यानरमा निर्माण भएको सिनेमा सुसन प्रजापतिले खिचेका हुन् । सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भण्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । सिनेमालाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।

सिनेमामा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर वाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरले अभिनय गरेका छ्न् ।