Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

लमजुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु

लमजुङ : कमेडी जनरामा निर्माण हुने सिनेमा ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त गरिएको छ । लमजुङको भुजुङ गाउँमा आज वैशाख दस गते निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् । शुभ मुहुर्तसँँगै सिनेमाको छायांकन पनि सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथालाई सिनेमामा देखाईएको बताए ।

नायक सौगात मल्लले आफूले दर्शकलाई सधैं नयाँ स्वाद दिन खोज्ने भन्दै यस सिनेमामा पनि केही फरक देख्न सकिने बताए । त्यस्तै कलाकार लक्ष्मी गिरीले सिनेमा रमाइलो बन्ने बताइन् । सिनेमामा सौगात र लक्ष्मीसँँगै सृष्टि श्रेष्ठ, वुद्धि तामाङलगायतको पनि मूख्य भूमिका छ । लामिछाने र विशाला ताम्राकारको निर्माण रहेको सिनेमामा अमर महर्जनको छायांकन रहनेछ ।

द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने सिनेमाको अधिकांश छायांकन लमजुङको भुजुङ गाउँमा हुनेछ । साथै गोरखा र चितवनमा पनि छायांकन हुने निर्देशक निगम श्रेष्ठले बताए ।