Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘एक्टर’को शुभमुहुर्त

काठमाडौं : लामो समय यता चर्चामा रहेको सिनेमा एक्टरको शुभमुहुर्त गरिएको छ । राजन भुसालको निर्देशन रहने सिनेमाको वैदिक विधि द्वारा हवन यज्ञ सहित सुभमुहर्त गरिएको हो ।

ललितपुरको कार्यविनायक मन्दिरमा निर्माण टिमले हवन गरेको हो । शुभमुहुर्त कार्यक्रममा सिनेमाका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा, दिब्यदेव पान्डे, सुशील सिटौला सहित डेब्यु नायिका दिब्या रायमाझीको उपस्थिती थियो ।

सिनेमा थमन कुमार भण्डारीले निर्माण गर्दै छन् । पछिल्लो समय लगातार सिनेमा गरिरहेका नायक प्रदीपको अर्को सिनेमा पुजार सार्कीको भने प्रमोसन सुरु भैसकेको छ ।