Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

जनकपुरको जानकी मन्दिरबाट ‘रावायण’को छायांकन सुरु

काठमाडौं : सुदर्शन थापाको निर्देशनमा बन्न लागेको सिनेमा ‘रावायण’को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा , पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे सिनेमाको छायांकन सुरु गरिएको हो ।

सिनेमामा पल, पूजा र प्रमोद संगै प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, सुशान्त श्रेष्ठ, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकार हरुको अभिनय रहनेछ । सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, भीएफएक्स समिर मिया, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन रहने छ ।सिनेमाको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने सिनेमाका निर्मातामा सुदर्शन र पूजा स्वयम् हुन् । सिनेमा यसै वर्षको भदौ २१ गते तिजको दिनबाट प्रदर्शनमा आउने छ । सिनेमा वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ ।