Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘फर्की फर्की’ ट्रेलर : अनमोल र जसिताको प्रेम र सम्बन्धमा आउने उतारचढाव

काठमाडौं : अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ स्टारर सिनेमा ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा अभिनेता अनमोल केसीलाई केन्द्रमा राखिएको छ । टाइम ट्राभलको कथालाई मुख्य विषय बनाएर बनेको सिनेमाको ट्रेलर निकै फरक देख्न सकिन्छ ।

ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम र सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ । ट्रेलरमा जसिताप्रति अनमोल बढी नै आशक्त देखिएका छन् । सिनेमामा सुयोग गुरुङको लेखन र निर्देशन छ ।

सुयोगकै कथा एवं पटकथा रहेको सिनेमाको निर्माता ओमप्रकाश अग्रवाल हुन् । मनोज वली र रामु न्यौपाने सह–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको सिनेमामा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको सिनेमाको सम्पादक सुरेन्द्र पौडेल हुन् ।

आलोक शुक्लाको छायांकन रहेको सिनेमामा निर्मल शर्मा, कृष्ण मल्ल हुनुहुन्छ भने रवि काफ्ले र समृद्धि रिजालले यहि सिनेमाबाट अभिनयमा ‘डेब्यू’ गर्दैछन् । ओएसआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको सिनेमा जेठ १० गतेबाट रिलिज हुँदैछ ।