Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मोबाईलबाटै खिचेर फिचर सिनेमा तयार

काठमाडौं : एक युवासमूहले मोबाइलबाटै खिचेर फिचर सिनेमा तयार गरेको छ । ‘अ प्लेस अन्डर द सन’ नामक सिनेमा आईफोन १४ प्रो म्याक्सबाट खिचेर १ घण्टा ४५ मिनेट लामो सिनेमा तयार गरिएको हो भने सिनेमा वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो । सिनेमाका निर्देशक जेसन लोप्चनका अनुसार सिनेमा छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिए पनि अन्य क्यामेरा भने प्रयोग गरिएको छैन् । बजेट अभावका कारण मोबाइलबाटै सिनेमा खिच्नुपरेको उनले बताए ।

विदेशमा आईफोनबाटै सिनेमा खिच्ने गरिए पनि नेपालमा भने कमर्सियल सिनेमा पूरै फोनबाट खिचिएको पहिलो पटक भएको दाबी लोप्चनको छ । सिनेमा अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक लगायत ओटीटीमा सिनेमा रिलिज हुने तय भइसकेको छ । क्राइम ड्रामा जनराको सिनेमाका सबै कलाकार नयाँ छन् ।

सिनेमामा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहेको छ। कलाकार र क्रु गरेर १७-१८ जनाको टिम रहेको र तीमध्ये केहि शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थी रहेको लोप्चनले बताए भने उनी पनि शेफर्डकै विद्यार्थी हुन् ।