Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मनसरा’ ट्रेलर : मिरुनाको पछि प्रबिण लाग्दा मेनुकालाई तनाव

काठमाडौं : उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका कुराहरुलाई थप व्याख्या गरेको छ । सार्वजनिक ट्रेलरमा टिजरका अलावा केही नयाँ पात्रहरु दृश्यमा देखा परेका छन् भने त्यसको साथमा मूल कलाकारको मनोदशा र सिनेमाले भन्ने कथालाई दर्शकका लागि थप कौतुहलतापुर्ण बनाएको छ ।

टिजरमा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटतालाई ट्रेलरमा थप व्याख्या गरिएको छ भने बाजेकी नेवार्नी पत्नीसँगको अमिलो सम्बन्ध पनि ट्रेलरले पेस गरेको छ । ट्रेलरमा दयाको मिरुनासँग सम्बन्धलाई थप प्रष्ट बनाइएको छ ।

सिनेमामा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् भने विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।