Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘खजुरे ब्रो’ टिजर : माया, प्रेम र साथीत्वको कथा

काठमाडौं : कमेडी जनरामा निर्माण भएको सिनेमा ‘खजुरे ब्रो’ को टिजर रिलिज गरिएको छ । निर्देशक सुरज सुनुवार निर्देशित सिनेमाको टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । सिनेमा वैशाख २८ गते रिलिज हुँदैछ । सिनेमाले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ । टिजरमा सिनेमाका मुख्य कलाकारलाई विषेश स्थान दिइएको छ ।

सिनेमामा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको सिनेमामा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । शिशिर बिसंखेको छायांकन रहेको सिनेमामा मित्र डि गुरूङको सम्पादन रहेको छ ।