Sur Cinema

‘सारंग’को निर्माण घोषणा, मुख्य भुमिकामा ऋचा

काठमाडौं : सिनेमा ‘सारंग’ निर्माण हुने भएको छ । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको विषयमा बन्ने बिहीबार राजधानीमा प्रेसमिट आयोजना गरि जानकारी दिइएको हो ।

कोरियोग्राफरको रुपमा समेत परिचीत निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने सिनेमामा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् ।

निर्देशक प्रशान्तले आफूले समाज,घरपरिवारमा देखि,भोगी आएका विषयलाई पर्दामा उतार्न लागेको बताउदै ‘सारंग’ को आगामी आइतबार अर्थात २ बैशाखबाट छायांकन सुरु हुने जानकारी दिए । अभिनेत्री ऋचाले आफूलाई ‘सारंग’ को स्क्रिप्ट निकै मन परेको बताउदै यसप्रकारको सिनेमाले समाजलाई सही दिशामा निर्देश गर्न अहम् भूमिका निर्वाह गर्ने राय राखीन् । उनले यो सिनेमामा आफूलाई दर्शकले बिगतका आफ्ना सिनेमाहरु भन्दा फरक भूमिकामा देख्न पाउने दावी गरिन् ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको डिओपी गोपाल राय छन् । मित्र ध्वज गुरुङले सम्पादन गर्ने सिनेमाका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । सिनेमा बाल दिवसको अबसर पारेर सार्वजनिक प्रदर्शन गर्ने योजना निर्माण पक्षको रहेको छ ।